सडकमा जथाभाबी पार्किङ हटाउन वीरगन्ज महानगरको चेतावनी « Khabarhub

सडकमा जथाभाबी पार्किङ हटाउन वीरगन्ज महानगरको चेतावनी


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले सडकमा जथाभाबी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ। वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभाबी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो।

महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो।

सडकमा जथाभाबी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो। शुक्रबार हटाउन चेतावनी दिएको र शनिबारदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ। सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारीसाधन बस, ट्रक जस्ता गाडी जथाभाबी पार्किङ गर्ने गरेको पाइन्छ।

मेयर सिंहसहितको टोलीले वडा नम्बर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभाबी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ। फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।

टोलीले वडा नम्बर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ। भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासमा आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका थिए।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ०८ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका