प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही « Khabarhub

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश अधिकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् ।

मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी-हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुग्नुभएका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकताअनुसारको विकास हुने उनले बताए।

‘हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ’, मुख्यमन्त्री शाहीले भने , ‘त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।’ स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए । 

उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकारअन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ०८ बजे

डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता

एजेन्सी– डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले बिहीबार ग्रिनल्यान्डको विषयमा संयुक्त

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ