निर्माण सुरु गरेको २० महिनामा पनि पूरा भएन सडक « Khabarhub

निर्माण सुरु गरेको २० महिनामा पनि पूरा भएन सडक


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज उपमहानगरपालिका-६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन । वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो कहीँ फराकिलो कहीँ साँघुरो भएको छ । 

सडकको छेउमा रहेका विद्यालय र घरभन्दा माथि नाला बनाएकाले पानी घरमा पस्ने जोखिम बढेको छ । करिब तीन वर्षअघिदेखि स्थानीयहरुको असहमतिका कारण सडक निर्माण हुन सकेको थिएन ।

चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सडकको तहभन्दा माथि नाला बनाएपछि स्थानीयले विरोध जताएका थिए । स्थानीयको अवरोधलाई बेवास्ता गरी नाला निर्माण कार्यलाई अगाडि बढाए पनि बाटो करिब दुई सय मिटर मात्र बन्न सकेको छ ।

नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने, कति लामो बन्ने कति चौडाइ बनाउनेलगायतको सूचना उल्लेख गरिएको थिएन । स्थानीयको अनुसार इन्जिनियर, वडा समिति र उपभोक्ता समितिको मिलेमतोमा मापदण्डविपरीत बाटो निर्माण भएको हो । 

स्थानीय विक्रान्त श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेको जानकारी दिए । ‘माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन्छौं,’ उनले भने । करिब तीन सय मिटर सडकमध्ये अब एक मिटर जति बनाउन बाँकी छ । नाला निर्माण भए पनि नालामाथि ढकनी हालिएको छैन ।  वर्षामा नालाको पानी उल्टो दिशामा बग्ने भएकाले घरमा पानी पुग्छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ४७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ