अमेरिकी राष्ट्रपति बाइडेनले आगामी वर्ष अफ्रिकाको भ्रमण गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले आगामी वर्ष अफ्रिकाको भ्रमण गर्ने


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । अमेरिकामा आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।

राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा भने समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे ।

दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्ने बताइएको छ । उनले सम्मेलनमा सहभागी ४९ देशका सरकार एवम् राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो ।

अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए ।

सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष पनि सम्मेलनको आयोजना गरेका हुन् । विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्वपूर्ण मानिन्छन् ।

टर्की र चीनका लगानीकर्ताले नाइजरमा लगानी बढाइरहेका बेला अमेरिकाले पनि त्यसो गर्नसक्ने नाइजरका राष्ट्रपति मोहम्मद बजुमले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले अफ्रिकी सङ्घलाई विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’को स्थायी सदस्य बनाउन अमेरिकाको समर्थन रहने औपचारिक घोषणा गरेका छन् । साथै उनले अफ्रिका महादेशको खाद्य सुरक्षाका निम्ति दुई अर्ब अमेरिकी डलर खर्च गर्ने योजनाबारे जानकारी पनि दिएका छन् । उनले अफ्रिकी राष्ट्रहरूमा आगामी वर्ष हुने आम निर्वाचनलाई शान्तिपूर्ण एवम् पारदर्शी तुल्याउन १६ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : १२ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये