राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघको सदस्य भएकोमा चिन्ता | Khabarhub Khabarhub

राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघको सदस्य भएकोमा चिन्ता


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी साधारणसभामा पत्रकारिताको शुद्धिकरणको विषयले प्राथमिकता पाएको छ । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा बोल्नेहरूले विषम परिस्थितिमा पत्रकारिता गरी हाल अन्य पेसा व्यवसायमा रहेकाले महासंघको सदस्यता त्याग गर्नुपर्नेमा जोड दिएका छन् ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, एमाले नेता शम्भु पोखरेल, माओवादी केन्द्रका नेता कृष्णहरि भुसाल, पत्रकार महासंघका पूर्वअध्यक्ष निमबहादुर रिजाल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायतले पत्रकार र दलको नेता चिन्न नसकिने अवस्था आउनु सिंगो पत्रकारिताको समस्या रहेको बताए । 

नेपाली कांग्रेसका नेता विष्णु मुस्कान, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष शोभाकर पन्थीलगायतले भने पत्रकारिता विचारविनाको हुन नसक्ने भन्दै पत्रकारहरूले गर्ने राजनीतिलाई स्वाभाविक मान्नुपर्ने आशय व्यक्त गरेका थिए ।

 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ५१ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे