दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा « Khabarhub

दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए ।

स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन् । उनीहरूसँग हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : ३६ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले