लुम्बिनीका ट्रक व्यवसायीहरू आन्दोलित « Khabarhub

लुम्बिनीका ट्रक व्यवसायीहरू आन्दोलित


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन्  । 

लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगङ्गा यातायात व्यवसायी समिति, राप्ति अञ्चल संयुक्त ट्रक व्यवसायी सङ्घ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले आज संयुक्त विज्ञप्तिसहित भैरहवा भन्सार कार्यालय परिसरमा नारा जुलुससहित विरोध प्रर्दशन गरेका हुन् ।

ट्रक व्यवसायी महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष लेखराज पोखरेलले भारतीय गाडीले ओभरलोड बोक्दा नेपाली व्यवसायी समस्यामा पर्नुका साथै सडक भत्किएको बताए। ट्राफिक प्रहरीले जरिवाना गरेर गाडी छोड्ने प्रवृत्ति गलत रहेको भन्दै उहाँले कानूनबमोजिम जानेमा ट्राफिक प्रहरी चुकेको बताए। 

लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले तत्काल भारतीय ट्रकको ओभरलोड भार मिलान नगरे आन्दोलनका थप सङ्घर्षका कार्यक्रम गर्दै जाने बताए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५३ मा विदेशी गाडीले व्यावसायिकरूपमा सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ । हेभी इक्विपमेन्ट सामानबाहेक अन्य लुज सामान भन्सार विन्दुबाट पल्टी गराई नेपाली गाडीमा ढुवानी गराउनुपर्ने व्यवस्था छ ।  

“मालवाहक सवारीको स्पष्टरूपमा एक्सलको आधारमा भारवहन क्षमता तोकिएको र सो भारवहन क्षमताअनुसार छ चक्के गाडीको १० टन, १० चक्के गाडीको १७ टन, १२ चक्के गाडीको २१ टन र १४ चक्के गाडीको २५ टन भारवहन क्षमता तोकिएको अवस्थामा भारतीय ट्रकले कानूनले तोकिदिएको भारवहन क्षमताभन्दा अत्यधिक बढी मालसामान ओसार पसार गरेको अवस्था छ । तर यहाँ १२ चक्के ट्रकले ४० टनसम्म बोकी रहेका छन्”, उनले भने।

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को दफा ९ र १० मा भएको व्यवस्थाअनुसार प्रचलित कानूनले तोकेभन्दा बढी भारवहन गर्नुहुँदैन । उल्लङ्घन गरे कानूनबमोजिम जरिवाना र भार मिलान गरी मात्र पठाउने र बढी माल स्वयं सवारीधनीले भण्डारण व्यवस्था मिलाउने व्यवस्था गरेको र त्यसरी भार मिलान गर्दा भरसक भन्सार विन्दुमै मिलाउने र नभए नजिकको तौलपुलमा भार मिलान गर्नुपर्ने व्यवस्था गरेको छ । तर यस्तो व्यवस्था कार्यान्वयन हुन नसकेको ट्रक व्यवसायीको भनाइ छ । नेपाली ट्रक व्यवसायीले कानूनअनुसार चल्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्