चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध « Khabarhub

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए ।

अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उनले लगाए ।

अमेरिकाले चिनियाँ कम्पनीलाई बारम्बार तथाकथित सूचीमा समावेश गर्दा चिनियाँ र अमेरिकी कम्पनीहरूबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा बाधा पुग्ने, त्यो बजारको नियमविपरीत हुने तथा अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापार व्यवस्थालाई कमजोर बनाउने बताउँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खला, विश्वशान्ति र विकासमा अवरोध सृजना गर्ने जनाएका छन् । अमेरिकी कदम चीन र अमेरिकाका लागि मात्र नभई समग्र विश्वको निम्ति पनि अनुपयुक्त भएको उनले बताए ।

निकासी नियन्त्रण निष्पक्ष, तर्कसङ्गत र भेदभावरहित ढङ्गले हुनुपर्ने, विकास प्रवद्र्धन गर्न वैज्ञानिक एवम् प्राविधिक उपलब्धिहरूको युक्तिसङ्गत प्रयोग हुनुपर्नेमा जोड दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले प्रविधि आदानप्रदान, व्यापारमा सहयोग तथा विश्वव्यापी आपूर्ति शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ०८ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई