चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध « Khabarhub

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए ।

अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उनले लगाए ।

अमेरिकाले चिनियाँ कम्पनीलाई बारम्बार तथाकथित सूचीमा समावेश गर्दा चिनियाँ र अमेरिकी कम्पनीहरूबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा बाधा पुग्ने, त्यो बजारको नियमविपरीत हुने तथा अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापार व्यवस्थालाई कमजोर बनाउने बताउँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खला, विश्वशान्ति र विकासमा अवरोध सृजना गर्ने जनाएका छन् । अमेरिकी कदम चीन र अमेरिकाका लागि मात्र नभई समग्र विश्वको निम्ति पनि अनुपयुक्त भएको उनले बताए ।

निकासी नियन्त्रण निष्पक्ष, तर्कसङ्गत र भेदभावरहित ढङ्गले हुनुपर्ने, विकास प्रवद्र्धन गर्न वैज्ञानिक एवम् प्राविधिक उपलब्धिहरूको युक्तिसङ्गत प्रयोग हुनुपर्नेमा जोड दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले प्रविधि आदानप्रदान, व्यापारमा सहयोग तथा विश्वव्यापी आपूर्ति शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ०८ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका