नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग « Khabarhub

नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ ।

नेहा चौधरीलाई पति डा पंकज चौधरीको घरमा प्रवेश गर्न नदिन आफूमाथि भूमिका खेलेको आरोप लगाउँदै नेहा र निहारिकाले आन्दोलन गराएको नगरप्रमुख रामदुलार साहले आरोप लगाएका छन् ।

नेहा र निहारिकाले नगरपालिकामाथि ढुङ्गामुढा, तोडफोड र आगजनी गराएर रु पाँच लाखको क्षति पु¥याएको भन्दै नगरप्रमुख साहले दाबी क्षतिपूर्ति भराउन निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई विज्ञप्ति बुझाएका हुन् ।

ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । नेहा तथा उनका सहयोगीले आफूमाथि नेहाका सासू, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै मङ्सिर २८ र २९ गते नगरपालिका भवनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको नगरप्रमुख साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले आज त्यस सम्बन्धमा बैठक बसेर सत्यतथ्य जाँचबुझ र अगाडिको कदमबारे निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ३३ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका