घरमा चराले गुड लगाए वा माहुरीको घार भए शुभ-अशुभ के हुन्छ ? « Khabarhub

घरमा चराले गुड लगाए वा माहुरीको घार भए शुभ-अशुभ के हुन्छ ?


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुड लगाएको पाइन्छ । मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् ।

वास्तुशास्त्रमा पशु–पक्षि, कीरा घरमा प्रवेश गर्दा व अनौठो व्यवहार गर्दा हुने शुभ–अशुभ दुबै फल बताइएको छ । जीव–जन्तुका घटना र व्यवहारलाई वास्तुमा संकेतका रुपमा समेत बुझिन्छ ।

– चमेरा
यदि घरमा चमेरा बास बसेको छ भने यसलाई खतराको संकेत मानिन्छ । वास्तुमा चमेराको वास अशुभ घटनाको संकेत मानिन्छ । तसर्थ चमेरालाई कुनै क्षति नपुर्‍याइ घरबाट भगाउनु उपयुक्त मानिन्छ ।

– मौरीको घार
घरमा मौरीले घार लगाउनु शुभ मानिदैँन । घरमा मौरीले घार लगाउँदा वास्तुले कुनै ठुलो दुर्घटना हुने संकेत हुने मान्दछ ।

– बारुलोको गोलो
वास्तु शास्त्र अनुसार घरमा बारुलाको गोलो हुनु पनि शुभ मानिँदैन । यस्तोमा बारुलाको गोलो सावधानीपूर्वक हटाउनु नै उपयुक्त हुन्छ ।

– भंगेराको गुड
वास्तुमा चराले गुड लगाएको शुभ मानिन्छ । यस्तोमा घरमा भंगेराले गुड लगाएको छ भने यसलाई निकै शुभ मानिन्छ । जुन घरमा भंगेराले गुड लगाएको हुन्छ, त्यहाँ सुख–समृद्धि आउने, घरका सदस्यको भाग्य वृद्धि हुने विश्वास गरिन्छ । भंगेराले गुड लगाएको घरमा वास्तु दोष पनि स्वतः निवारण हुने मान्यता छ ।

– परेवाको गुड
परेवालाई माता लक्ष्मीको भक्त मानिन्छ । तसर्थ जुन घरमा परेवाको गुड हुन्छ त्यस घरमा सदैव सुख–शान्ति हुने मान्यता छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ५५ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस