हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु  « Khabarhub

हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु 


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्भावित सक्रिय क्षयरोगीको खोजी सुरु गरिएको छ । क्षयरोगीको पहिचान गर्दै उपचार गरेर क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यका साथ क्षयरोगबाट ग्रसित बिरामीको पहिचान सुरु गरिएको हो ।

११ वडा रहेको नगरपालिकामा २७ पुसदेखि क्षयरोगबाट बच्ने उपायका बारेमा सचेतना फैलाउँदै क्षयरोगका सक्रिय बिरामीको पहिचानका लागि खकारको नमुना संकलन भइरहेको स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए ।

आगामी आर्थिक वर्ष नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर समक्ष प्रस्तावना पेस गरेर नगरपालिकामा क्षयरोगको पहिचान एवं सचेतना कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाभित्रका १ हजार ५०० सम्भावित क्षयरोगीको खकारको नमुना संकलन गरेर परीक्षणको तयारी गरिएको छ । हालसम्म अर्खौले, सल्ले, धितुङ, महादेवस्थान, मंगलटार, च्यास्मिटार, बाहुनीडाँडा र वडहरेका ९०० जनाको नमुना खकार संकलन गरिसकिएको छ ।

खकारको नमुना संकलनसँगै क्षयरोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जनचेता फैलाउने काम भइरहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताए । संकलित खकारको नमुनालाई स्वास्थ्य चौकी दुर्छिम र जिल्ला अस्पताल खोटाङको प्रयोगशालामा परीक्षण गरिने जनाइएको छ ।

खकार परीक्षणका क्रममा फेला परेका क्षयरोगका बिरामीलाई सम्वन्धित वडाको स्वास्थ्यचौकीमार्फत निःशुल्क औषधि उपलब्ध गराएर ६ महिनासम्म औषधोपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

खकारको नमुना संकलन एवं क्षयरोग विरुद्धको सचेतना अभियानमा जिल्ला अस्पतालको प्रयोगशालाका दुई जना, स्वास्थ्यचौकी दुर्छिमको प्रयोगशालाका दुई जना, स्वास्थ्य चौकी च्यास्मीटारबाट एक जना स्वास्थ्यकर्मी लगायत १० स्वास्थ्यकर्मी खटिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ३० बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी