नेपाल प्रहरीले वितरण गर्‍यो ११ हजार माक्स « Khabarhub

नेपाल प्रहरीले वितरण गर्‍यो ११ हजार माक्स


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ ।

प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको हो । कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको थियो ।

गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क माक्स वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ । माक्स वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३ हजार २९ लाई सचेत गराएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ०० बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा