बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, तीनै तहको निर्वाचन गर्न सहमति | Khabarhub Khabarhub

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, तीनै तहको निर्वाचन गर्न सहमति


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ ।

दुई नेताबीचको छलफलमा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले गरेको आग्रहका विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

देउवाका अनुसार दुई नेताको भेटमा निर्वाचनबारे संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न सहमति भएको छ । यो सहमतिलाई मुर्तरुप दिन दुई नेताले भोलि बिहान उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने बताइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ३५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या