कोरोना खोप लक्ष्यउन्मुख, बुस्टर डोज दिन शुरु [फोटो फिचर] « Khabarhub

कोरोना खोप लक्ष्यउन्मुख, बुस्टर डोज दिन शुरु [फोटो फिचर]



काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजिक पुगेको छ ।

सरकारले लिएको खोपको लक्ष्यअनुसार कार्यक्रममा सफलता पाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाइ र आगामी चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ ।

यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । सो कार्य सुरु भइसकेको छ ।

भिडियो हेर्नुहोस्

सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ०५ बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको