कोरोना खोप लक्ष्यउन्मुख, बुस्टर डोज दिन शुरु [फोटो फिचर] « Khabarhub

कोरोना खोप लक्ष्यउन्मुख, बुस्टर डोज दिन शुरु [फोटो फिचर]



काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजिक पुगेको छ ।

सरकारले लिएको खोपको लक्ष्यअनुसार कार्यक्रममा सफलता पाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाइ र आगामी चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ ।

यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । सो कार्य सुरु भइसकेको छ ।

भिडियो हेर्नुहोस्

सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ०५ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस