राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण « Khabarhub

राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



काठमाडौँ– राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । केही दिन यता गरिएको परीक्षणमा ५२ जना चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मीमा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा. प्रमोद जोशीले बताए ।

ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जनालगायत प्रशासन र अन्य विभागका गरी आजसम्म संक्रमितको संख्या ५२ पुगेको हो । डा. जोशीले संक्रमित सबैजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

‘कन्सलटेन्ट डाक्टर, रेजिडेन्ट डक्टर, नर्स तथा अन्य प्यारामेडिक्स तथा कर्मचारीसमेत संक्रमित भएकाले व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने ।

यस्तै, ट्रमासेन्टरले डा. समाज गौतमको संयोजकत्वमा कोभिड १९ रेस्पोन्स टिम गठन गरेको छ । ‘कोभिडको नयाँ भेरियन्टले सिर्जना गरेको तेस्रो लहरमा कसरी जुधेर अघि बढ्ने भन्ने विषयमा यो टिमले काम गर्ने छ,’ डा जोशीले भने ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ०० बजे

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका