नेपाली शान्ति सैनिकले लेबनानमा बनाए पोखरी र सार्वजनिक उद्यान « Khabarhub

नेपाली शान्ति सैनिकले लेबनानमा बनाए पोखरी र सार्वजनिक उद्यान


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ बर्दबहादुर गणले नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यहाँ तैनाथ मिसन प्रमुख र फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र इलाका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, महासेनानी कमल बानियाँ र स्थानीय नगरपालिका प्रमुख हसन हिजाजीले  परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । 

शान्ति मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाका रूपमा रहेको स्थानीय तह र नागरिक समुदायसँग सम्बन्ध विस्तार गर्ने हेतुले परम्परागत कृषि पेसालाई टेवा पुर्‍याउन आर्थिक वर्ष २०७५/७६ का लागि उक्त परियोजना छनोट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

कोभिड–१९ महामारीका कारण कार्यप्रारम्भ गर्न केही ढिलाइ भए पनि पूर्वविनियोजित बजेट ३१ हजार २००  अमेरिकी डलरकै लागतमा उक्त परियोजना पूरा गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, युनिफिल मुख्यालयका स्टाफ, लेबनान सैनिक प्रतिनिधि र स्थानीय नगरवासीको सहभागिता रहेको सेनाले जानकारी दिएको छ । 

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकहरुको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेसनल जिम्मेवारीका अतिरिक्त  जनहित र सामुदायिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ३० बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको