नेपाल प्रहरीमा थपिए तीन दर्जा « Khabarhub

नेपाल प्रहरीमा थपिए तीन दर्जा


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ।

योसँगै प्रहरीमा थपिएका तीन पदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरूको विषयले आधिकारिकता पाएका छन्। नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानुन सरहको मान्यता पाएको थिएन।

जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षक (असई)को बीचमा वरिष्ठ हवल्दार र प्रहरी नायव निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।

नियमावली हेर्नुहोस्

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : २८ बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ