भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै « Khabarhub

भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा कम्पनीले पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो ।

भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन् । अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ ।

सञ्चारमाध्यममा आएका लीकहरु अनुसार आउँदै गरेको भी२३ई का विवरण यसप्रकार रहनेछन् :

यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ । यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ । यसैकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने हाम्रो ठम्याई छ ।

भिभोले सामाजिक सञ्जाल ह्याण्डल तथा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको टिजर फोटो अनुसार यो डिभाइस प्रयोगकर्ताका लागि हेर्दा आकर्षक देखिने तथा आनन्दित तुल्याउने ज्यादै पातलो अर्थात् अल्ट्रा स्लिम तथा आकर्षक रहेको देखिएको छ ।

हालसम्मका लीक अनुसार यो डिभाइस सबै प्रविधि–पारखी, फेशनेबल तथा फोटोग्राफीका शौखिन उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुने छ । यो स्मार्टफोन नेपालमा जनवरी १८ का दिन सार्वजनिक हुनेछ।

भिभोले नेपालमा यो डिभाइस सार्वजनिक गर्नका लागि दराजसँग सहकार्य गरेको छ । यो डिभाइस जनवरी १६ देखि १९ भित्र अनलाइनमार्फत् प्रि–बुकिङ गर्न सकिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ३६ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र