सास गन्हाएर लज्जित हुनु परेको छ ? आजै गर्नुहोस् यो उपाय « Khabarhub

सास गन्हाएर लज्जित हुनु परेको छ ? आजै गर्नुहोस् यो उपाय


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस सास गन्हाउने समस्याका कारण अरूसँग घुलमिल हुन तर्किन्छन् । सास गनाउने समस्या भएका मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तोमा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका धेरै कारण हुन सक्छ । खानपिन, नियमित रूपमा मुख सफा नहुनु, खानेकुरा नपच्नु सास गनाउने कारणहरू हुन सक्छन् । यस समस्याबाट बच्न केही घरेलु उपाय निम्न छन् ।

– प्रशस्त पानी
प्रशस्त पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएमा स्वतः दुर्गन्ध हराउँछ ।

– हरियो अलैँची
हरियो अलैँची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ । साथै भोक समेत जाग्दछ ।

– ल्वाङ र सूप
ल्वाङ चुस्दा पनि सास गनाउन छाड्छ र दाँत पनि दुख्दैन । यस्तै सूप चपाउँदा मुखको दुर्गन्ध हराउँछ ।

– ग्रीन टी
ग्रीन टी पिउने गरेमा सास गनाउन छाड्छ । यसको एन्टीब्याक्टेरियल तत्वले दुर्गन्ध नाश गर्छ ।

– कागतीको रस
एक गिलास पानी तताएर त्यसमा दुई चम्चा कागतीको रस हाल्ने र अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्दा केही दिनमै मुखको दुर्गन्ध हराउँछ।

पञ्जाब केशरीबाट

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : २७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको