किन देखिन्छ ३० कटेका पुरुषमा लिङ्ग उत्तेजित नहुने समस्या ?  « Khabarhub

किन देखिन्छ ३० कटेका पुरुषमा लिङ्ग उत्तेजित नहुने समस्या ? 


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३० कटे पछि धेरै पुरुषले लिङ्ग उत्तेजित नहुने समस्या भोग्ने गर्दछन् । यसलाई अंग्रेजीमा ‘इरेक्टायल डाइफङ्गसन’ भनिन्छ ।

व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकता हो तर यौन इच्छा हुँदाहुँदै पनि लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद् हुन सकेको छैन । यसले पार्टनरसँगको सम्बन्ध समेत बिग्रन सक्छ ।

पुरुषमा सबैभन्दा बढी देखिने यौन समस्या ‘इरेक्टायल डाइफङ्गसन’लाई धेरैले लाजका कारण बताउँदैनन् । अरुले नराम्रो दृष्टिले हेर्ने भएकाले धेरै पुरुषले यसको उपचार समेत खोज्दैनन् । तर यसको उपचार भएन भने ‘टोटल इरेक्टायल डाइफङ्गसन अर्थात् लिङ्ग उत्तेजित हुँदै नहुने समस्या पनि हुन सक्छ । सामान्यता यो समस्या ६५ वा त्यो भन्दा बढी उमेरका मानिसमा बढी देखिन्छ ।

इरेक्टायल डाइफङ्गसनको उपचारमा औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोग सहितका धेरै उपाय अपनाउन सकिन्छ । तर यसकालागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह भने अनिवार्य हुन्छ ।

यस्तै स्वास्थ्यकर खाना, व्यायाम तथा स्वस्थ्य जीवनशैली इरेक्टायल डाइफङ्गनको समस्याबाट मुक्त हुन सहायक हुन्छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ८ : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले