इनारमा खस्दा विवाह समारोहमा उपस्थित १३ जनाको मृत्यु « Khabarhub

इनारमा खस्दा विवाह समारोहमा उपस्थित १३ जनाको मृत्यु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गए राति सो दुःखद घटना भएको हो ।

अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाईते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।

करिव १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई ह्दयबिदारक भन्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ११ : ४२ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं