आफ्नै छात्रलाई बारम्बार बलात्कार गर्ने यी शिक्षिका « Khabarhub

आफ्नै छात्रलाई बारम्बार बलात्कार गर्ने यी शिक्षिका


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो । केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन् ।

बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ ।

छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन ।’

छात्रले उदासीनता, एक्लोपन, र घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन् ।

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ ।

यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ३ : ०० बजे

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य