नेप्सेमा झिनो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा झिनो अङ्कको गिरावट


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १२.३३, जलविद्यत् २.५९, उत्पादन ०.११, अन्य ५.१२, सामूहिक लगानी कोष ०.०२ अङ्कले उकालो लागेको छ ।

बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, वित्त १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४७, जीवन बीमा ५४.६१, लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ३७ लाख ३६ हजार १९७ बराबरको कारोबार भयो ।

हिमालयन डिस्टिलरी रु १२ करोड २० लाख १४ हजार २४५, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड दुई लाख ७५ हजार ७६२, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड छ हजार २१० र नेशनल हाइड्रो पावरको रु सात करोड ४८ लाख ८३ हजार ५१० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख १७ हजार ५५८ बराबर पुगेको छ ।

कारोबारका आधारमा तेह्रथुम पावर कम्पनी ६.४७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.३२, सामलिङ पावर कम्पनी ४.१३, जीवन विकास लघुवित्त ३.५३ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.४७ प्रतिशतले कमाए ।

बुद्धभूमि नेपाल हाइड्रोपावर ४.०२, एनआइसि एशिया ऋणपत्र ३.९०, ग्रीनलाइफ हाइड्रोपावर ३.३९, नेरुडे लघुवित्त विकास बैंक २.२९ र सिभिल लघुवित्तका लगानीकर्ताले २.२७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ३९ बजे

पूर्वाधारमा बालेनका वनचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका

धादिङ बस दुर्घटना : घाइते २२ जनाको काठमाडौंमा उपचार

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग

गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ