ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ « Khabarhub

ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी छन ।

बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए । को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो ।

प्रतिबन्धित गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताए ।

प्रक्राउ परेका उनीहरुको साथबाट नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवाइल बरामद गरेको छ । गाडीसहित फेला परेका तीनै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ४५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी