स्वीमिङ पुलमा मोडल मोनिकाको होली « Khabarhub

स्वीमिङ पुलमा मोडल मोनिकाको होली


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेर यसमै आफ्नो भविष्य देख्ने धेरै युवायुवतीहरू भेटिन्छन् । नाम र दाम दुवै सहज किसिमले प्राप्त हुने देखिने यो क्षेत्रमा लगाव नभई लाग्दा यहाँ करियर बनाउने निकै कम छन् ।

यहाँ गर्नुपर्ने संघर्षले गर्दा नै भविष्य नदेख्नेको पनि कमी छैन । यद्यपि मोडलिङ छाड्ने भन्दा भित्रिनेको संख्या नै बढ्दो छ । यस्तै भिडमा मोडलिङमै आफ्नो भविष्य देख्नेमा पर्छिन् , मोनिका बुढाथोकी ।

काठमाडौँको कपनकी बासिन्दा मोनिकाले एक संस्था मार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् । उनको पिता प्रधानाध्यापक भएकाले बाल्यकालमामा पढाइ बाहेक अन्य क्षेत्रमा लाग्ने छुट नभएता पनि उनी मोडलिङमा लागिन् ।

आफ्नो उमेर बढेसँगै आफ्नो रुचि समेत पहिचान गरेकी उनले मोडलिङमा भविष्य रहेको भन्दै आफ्नो पितालाई अझैँ मनाइरहेकी हुन्छिन् । ’बुवाको इच्छा त मैले साइन्स पढेर डाक्टर बनोस भन्ने थियो । यद्यपि मैले मेरो रुचीको क्षेत्र मोडलिङ भएकाले यसमै भविष्य देखिरहेकी छुँ’ उनले भनिन् ।

मोडलिङसँगै पढाइलाई समेत अगाडी बढाई रहेकी मोनिका ’मिस नेशनल २०१७’ मा भाग लिएसँगै मोडलिङमा सक्रिय छिन् । विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत गर्दै आइरहेकी मोनिकाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

सानैदेखि नाच्न तथा अभिनयमा रुचाउने यिनै मोनिकाले खबरहबका फोटो पत्रकार कुवेर डंगोलसँग होली लक्षित फोटोशुट गरेकी छन् । विभिन्न रंगहरुमा सजिएकी मोनिकाले स्विमिङ पुलमा विकिनीमा प्रस्तुत छिन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १२ : ४२ बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण