स्वीमिङ पुलमा मोडल मोनिकाको होली | Khabarhub Khabarhub

स्वीमिङ पुलमा मोडल मोनिकाको होली


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेर यसमै आफ्नो भविष्य देख्ने धेरै युवायुवतीहरू भेटिन्छन् । नाम र दाम दुवै सहज किसिमले प्राप्त हुने देखिने यो क्षेत्रमा लगाव नभई लाग्दा यहाँ करियर बनाउने निकै कम छन् ।

यहाँ गर्नुपर्ने संघर्षले गर्दा नै भविष्य नदेख्नेको पनि कमी छैन । यद्यपि मोडलिङ छाड्ने भन्दा भित्रिनेको संख्या नै बढ्दो छ । यस्तै भिडमा मोडलिङमै आफ्नो भविष्य देख्नेमा पर्छिन् , मोनिका बुढाथोकी ।

काठमाडौँको कपनकी बासिन्दा मोनिकाले एक संस्था मार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् । उनको पिता प्रधानाध्यापक भएकाले बाल्यकालमामा पढाइ बाहेक अन्य क्षेत्रमा लाग्ने छुट नभएता पनि उनी मोडलिङमा लागिन् ।

आफ्नो उमेर बढेसँगै आफ्नो रुचि समेत पहिचान गरेकी उनले मोडलिङमा भविष्य रहेको भन्दै आफ्नो पितालाई अझैँ मनाइरहेकी हुन्छिन् । ’बुवाको इच्छा त मैले साइन्स पढेर डाक्टर बनोस भन्ने थियो । यद्यपि मैले मेरो रुचीको क्षेत्र मोडलिङ भएकाले यसमै भविष्य देखिरहेकी छुँ’ उनले भनिन् ।

मोडलिङसँगै पढाइलाई समेत अगाडी बढाई रहेकी मोनिका ’मिस नेशनल २०१७’ मा भाग लिएसँगै मोडलिङमा सक्रिय छिन् । विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत गर्दै आइरहेकी मोनिकाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

सानैदेखि नाच्न तथा अभिनयमा रुचाउने यिनै मोनिकाले खबरहबका फोटो पत्रकार कुवेर डंगोलसँग होली लक्षित फोटोशुट गरेकी छन् । विभिन्न रंगहरुमा सजिएकी मोनिकाले स्विमिङ पुलमा विकिनीमा प्रस्तुत छिन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १२ : ४२ बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज