चुनावी तालमेल गर्ने विषयमा गठबन्धनमा विमती छैन : प्रचण्ड  « Khabarhub

चुनावी तालमेल गर्ने विषयमा गठबन्धनमा विमती छैन : प्रचण्ड 


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचन अघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए ।

लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमती देखिएको छैन ।’

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन जारी रहने उनको भनाइ छ ।

यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए ।

छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गइनै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चलिनै राख्छ प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौं’, प्रचण्डले भने ।

निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेण्डाको तागतमा निर्वाचन जाने तर सहायक रूपमा तालमेल गर्नेबारे पनि सोचिने बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १२ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्