होलीको रंगमा रंगिए कलाकार (फोटोफिचर) « Khabarhub

होलीको रंगमा रंगिए कलाकार (फोटोफिचर)


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागु पूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिनबिहिबार मनाइ रहेको छ ।

सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्वलाई यसपटक विशेष रुपमा मनाईंदै छ । यसअघिका २ वर्षमा कोरोना भाइरस महामारीका कारण नेपाल सरकारको सुरक्षासम्बन्धि मापदण्ड भएको कारण अहिले होली रंगमा रमाउनेका लागि खास छ ।

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । फागु पूर्णिमा अर्थात् होली पर्व बिहीबार काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । विभिन्न होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।

सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ तथा अविर दलेर होली मनाइ रहेका छन् । आज बिहानैदेखि होलीमय देखिएका छन् , सामाजिक सञ्जालहरु । केहि कलाकारहरुले समाजिक सञ्जाल मार्फत होली मनाएको तस्वीरहरु सार्वजनिक गरेका छन् । दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, संचिता लुइँटेल, एलिजा गौतम लगायतले रङ दलेर फागु पर्व मनाएका तस्वीर सेयर गरेका छन् ।

 

विगतमा करिश्मा मानन्धर, छवि ओझासहितका कलाकार र निर्माताले होली कार्यक्रम आयोजना गर्ने गरिएपनि कोरोना भाइरसको महामारी पछिको समयमा भने त्यस्तो छैन । यसपटक मण्डला थिएटरले कलाकारका लागि होली कार्यक्रम आयोजना गरेको जनाएको छ ।

तस्वीर: कलाकारहरुको फेसबुकबाट

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्