अमेरिकाले युक्रेनलाई दिन लागेको अत्याधुनिक आत्मघाती ‘स्वचिब्लेड’ ड्रोन कस्तो हतियार हो ? « Khabarhub

अमेरिकाले युक्रेनलाई दिन लागेको अत्याधुनिक आत्मघाती ‘स्वचिब्लेड’ ड्रोन कस्तो हतियार हो ?


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले युक्रेनलाई स्विचब्लेड नामक मानवरहित हवाई उपकरण अर्थात् ड्रोन उपलब्ध गराउने अमेरिकी कंग्रेसका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा वृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका अनुसार हाल अमेरिकी फौजसँग स्विचब्लेड ३०० र स्विचब्लेड ६०० गरी दुई किसिमका किलर ड्रोन उपलब्ध छन् ।

एकै पटक मात्रै प्रयोग गर्न मिल्ने अर्थात् आत्मघाती शैलीको यस ड्रोनले लक्षित निशानामा सटीक प्रहार गर्ने र यसलाई केही माइल टाढाबाट नियन्त्रण गर्न सकिने जनाइएको छ ।

क्यामेरा, मार्गदर्शक उपकरण र विस्फोटक जडित यो ड्रोनले खासमा अत्याधुनिक स्मार्टबम जसरी स्वचालित ढंगबाट काम गर्ने एनबीसीको भनाइ छ । यसमा मोर्टार जस्तै ट्युबमा राखेर प्रक्षेपण गरिने प्रणाली रहेको जनाइएको छ ।

स्विचब्लेड निर्माता कम्पनी एरियोन्भारोमेन्टका अनुसार स्विचब्लेड ३०० कोही व्यक्तिमाथि प्रहार गर्न डिजाइन गरिएको हो भने स्विचब्लेड ६०० चाहिँ ट्यांक, बख्तरबन्द गाडी जस्ता निशानामा प्रहार गर्न बनाइएको हो ।

यद्यपि युक्रेनलाई अमेरिकाले कस्तो किसिमको अथवा दुबै किसिमको स्विचब्लेड प्रदान गर्न लागेको भन्ने स्पष्ट भइनसकेको एनबीसी न्युजले जनाएको छ । 

एनबीसीका अनुसार स्विचब्लेड ६०० मोडलको ड्रोनले ५० माइलसम्म ४० मिनेट उडान भर्दछ ।  यो हतियार निर्माण गर्न पनि अत्यन्त सस्तो रहेको कम्पनीको दाबी छ । स्विचब्लेड ३०० मोडलको एउटा ड्रोन उत्पादन गर्न केबल ६ हजार डलरमात्रै लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : ४६ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक