नेपाल एयरलाइन्सले कोरोनामा स्थगन गरेको उडान विस्तार गर्दै « Khabarhub

नेपाल एयरलाइन्सले कोरोनामा स्थगन गरेको उडान विस्तार गर्दै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड १९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गर्ने भएको छ । 

महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो ।

नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुन उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आगामी मार्च   २१ (चैत्र ०७)देखि बैङ्लोर र मार्च २९ (चैत्र १५) बाट मुम्बईमा उडान गर्ने तयारी गरेको निगमले जानकारी दियो ।  

बैंङ्लोरमा साताको मगंलबार, बिहीबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गर्नेछ  ।

नयाँ दिल्लीमा दैनिक दुई उडान

महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ ।

भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

जापानको नारितामा साताको दुई उडान

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्न आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो  ।

निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । नारिता विमानस्थलमा अप्रिल १ (चैत्र १८)  देखि उडान गर्ने गरी तयारी भइरहेको खड्काले बताइन्  ।

 निगमका प्रवक्ता खड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुन उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गरिन् । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ (चैत्र १८)  देखि साताको मंगलबार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।

अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको निगमले जनाएको छ  । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

बैंककमा पनि साताको दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्