आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : महत | Khabarhub Khabarhub

आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : महत


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनता माझ उर्जागर गर्नुपर्ने बताएका हुन् ।

महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे।

त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए। मुलुकको विकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाइ छ ।

उनले जनता माझ सहि सुचना र एजेण्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : २६ बजे

ह्वाइट लङ सिन्ड्रोम : चीन पछि अमेरिकामा फैलियो

न्युयोर्क– श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले

गणतन्त्रमा भ्रष्टाचारीको प्रतिस्पर्धा देखियो

२०७२ सालमा दोस्रो संविधान सभाबाट संविधान जारी भइसकेपछिका राजनीतिक घटनाक्रमले

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको