खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ « Khabarhub

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९१/७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोद्वारा जारी सूचनामा उल्लेख छ ।

पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत, माधवप्रसाद दाहाल छन् ।

यस्तै नगरकोटीसँग लागूऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइन सहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै मोरङको बेलबारीकी कविता गुरुङ र काभ्रेपलान्चोकका मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध उपलब्ध गराउने सुनसरीका मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ ।

उनीहरु सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : २१ बजे

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण