१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू जनकपुरधाम आउँदै « Khabarhub

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू जनकपुरधाम आउँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मिथिलाञ्चलको सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू जनकपुरधाम आउन थालेका छन् ।

परिक्रमामा सहभागी भक्तजनहरूको बिहीबार बिहानैदेखि जनकपुरधाम आउने क्रम जारी छ ।

१४ औँ पडावस्थल बिशौलमा बुधबार विश्राम गरेका यात्रीहरू बिहीबार परिक्रमाको अन्तिम पडावस्थल जनकपुरधाम आउन थालेका हुन् ।

साँझसम्म सबै भक्तजन तथा साधु–सन्तहरू जनकपुरधाम आइपुग्ने छन् ।

राति विश्राम गर्ने र शुक्रबार बिहानै अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा गरेपछि १५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपमा सम्पन्न हुनेछ ।

शुक्रबार हुने अन्तरगृह परिक्रमामा भक्तजनका साथै जनकपुरधामलगायत विभिन्न स्थानका हजारौंँ सर्वसाधारण सहभागी हुने छन् ।  

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको परिक्रमा पूर्णिमाका दिन अन्तरगृह परिक्रमा गरेपछि सम्पन्न हुने गर्छ ।

अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रूपमा तीर्थ यात्रीहरू सहभागी हुने गर्छन् ।

फागुन १९ गते धनुषाको मिथिला बिहारी नगरपालिकास्थित मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात भएको थियो ।

१५ दिनसम्म भगवान राम र किशोरीको डोलासँगै भक्तजनले नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित करिब १ सय ३० किलोमिटरको यात्रा तय गर्छन् ।


प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ४८ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको