नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्छौँः महासचिव पोखरेल « Khabarhub

नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्छौँः महासचिव पोखरेल


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोरखेलले नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्ने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघले आज काठमाडौँमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा  महासचिव पोखरेलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई आफूहरूले मान्यता

नदिएको भन्दै भविष्यमा अस्तित्वमा नै नरहने गरी चुनावमा हराउने दाबी गरेका हुन् । उनले चुनावमा हरेपछि यो पार्टी एमालेमा समाहित हुनेसमेत दाबी गरे ।

महासचिव पोखरेलले साना पार्टीहरूलाई चुनावमा परास्त गरेर तिनका कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउनेसमेत बताए ।

एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने पनि उनको दाबी छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ४ : ४५ बजे

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले