राप्रपा नेपाललाई ‘तीर’ निर्वाचन चिह्न प्रदान « Khabarhub

राप्रपा नेपाललाई ‘तीर’ निर्वाचन चिह्न प्रदान


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘तीर’ चिह्न प्रदान गरेको छ ।

राप्रपा नेपालले आज विज्ञप्ति जारी पार्टीलाई निर्वाचन आयोगले स्थानीय तहको चुनाव प्रयोजनका लागि ‘तीर’ चिह्न प्रदान गरेको जानकारी दिएको हो ।

पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ नदिएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘आफ्नो पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारेको छ ।’

राप्रपा नेपालले देशभरिका सङ्गठनलाई अर्को व्यवस्था नहुन्जेलसम्म ‘तीर’ चुनाव चिह्नलाई पार्टीका प्रचार प्रसार सामग्रीहरूमा प्रयोग गर्न तथा पार्टीको झन्डामा रहेको पहेँलो रङ्गको पृष्ठभूमिको मध्यभागमा रहने गरी कालो रङ्गमा ‘तीर’ चिन्ह प्रयोग गर्न प्रवक्ता सुरेश आचार्यले विज्ञप्तिमार्फत् नेता तथा कार्यकर्तालाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ०६ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर