राप्रपा नेपाललाई ‘तीर’ निर्वाचन चिह्न प्रदान « Khabarhub

राप्रपा नेपाललाई ‘तीर’ निर्वाचन चिह्न प्रदान


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘तीर’ चिह्न प्रदान गरेको छ ।

राप्रपा नेपालले आज विज्ञप्ति जारी पार्टीलाई निर्वाचन आयोगले स्थानीय तहको चुनाव प्रयोजनका लागि ‘तीर’ चिह्न प्रदान गरेको जानकारी दिएको हो ।

पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ नदिएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘आफ्नो पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारेको छ ।’

राप्रपा नेपालले देशभरिका सङ्गठनलाई अर्को व्यवस्था नहुन्जेलसम्म ‘तीर’ चुनाव चिह्नलाई पार्टीका प्रचार प्रसार सामग्रीहरूमा प्रयोग गर्न तथा पार्टीको झन्डामा रहेको पहेँलो रङ्गको पृष्ठभूमिको मध्यभागमा रहने गरी कालो रङ्गमा ‘तीर’ चिन्ह प्रयोग गर्न प्रवक्ता सुरेश आचार्यले विज्ञप्तिमार्फत् नेता तथा कार्यकर्तालाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ०६ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित