जयनगर–कुर्था रेल सेवा अझै सुरु हुन सकेन « Khabarhub

जयनगर–कुर्था रेल सेवा अझै सुरु हुन सकेन


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– फागुन १० गतेभित्रै कुर्था–जयनगर रेलसेवा यात्रुसहित सञ्चालन हुने भनिए पनि अझै अन्योल कायम छ ।

फागुन १ देखि ‘ड्राइरन’ (यात्रुबिना) रेल चलाउन सुरु गरिए पनि नियमित सञ्चालन अझै अन्योलमा परेको हाे ।

चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको  छ ।

कुर्था–जयनगर ओहोरदोहोेर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न अब महिनाको १५ दिन (ड्राइरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

यता, रेल सञ्चालनका लागि माघमा विभिन्न पदमा ६५ कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् ।

‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याइएको अध्यादेश निष्क्रिय भएपछि नियमित सेवा दिने अझ अन्योलमा पर्ने देखिएको छ ।’

‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउँछौँ ।’

यसअघि, महाप्रबन्धक झाले फागुन १० गतेभित्र रेल उद्घाटन हुन दाबी गरेका थिए ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ३३ बजे

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले