नाट्यशालामा रुसी आक्रमणपछि जेलेन्स्की भन्छन्,– ‘हाम्रो मुटु छियाछिया भयो’ « Khabarhub

 नाट्यशालामा रुसी आक्रमणपछि जेलेन्स्की भन्छन्,– ‘हाम्रो मुटु छियाछिया भयो’


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आक्रमणकारी रुसी फौजले घेराबन्दीमा परेको दक्षिणी युक्रेनी शहर मारिउपोलस्थित नाट्यशालामा आक्रमण गरेको छ । मानिसहरु युद्धबाट जोगिन शरण लिइरहेका बेला उक्त नाट्यशालामा रुसी फौजले हवाई आक्रमण गरेको हो ।

मारिउपोलका उपमेयर सर्गोई ओर्लोभले बीबीसीलाई दिएको जानकारीअनुसार आक्रमणका बेला उक्त नाट्यशालामा १ हजार देखि १२ सय सर्वसाधारणले शरण लिएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर र भिडियोहरुमा आक्रमणपछि उक्त नाट्यशाला ध्वस्त भएको र धुवाँको कालो मुस्लो उडिरहेको भग्नावशेषबाट मानिसहरूको उद्धार गरिरहेको देखिन्छ ।

उक्त नाट्यशालामा आक्रमणबाट भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यद्यपि स्थानीय सांसद दिमित्रो गुरिनले बीबीसीलाई दिएको जानकारीअनुसार अधिकांश मानिस आक्रमणमा बाँच्न सफल भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाए । ‘रुसले हाम्रा जनताविरुद्ध, हाम्रो मारिउपोलविरुद्ध जे गरिरहेको छ, त्यसले हाम्रो हृदय छियाछिया भएको छ ।’

मारिउपोलको नगर परिषद्ले पनि रुसी फौजले सुरक्षित बसिरहेका निर्दोष मानिसहरूलाई निशाना बनाएको जनाएको छ । ‘रुसी फौजले जानाजान आक्रमण गरी नाट्यशाला ध्वस्त बनाएको छ ।’ नगर परिषद्ले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मारिउपोलका सयौँ शान्तिपूर्ण नागरिक  लुकेर बसिरहेको भवनमा लडाकु विमानले बम खसालेका थिए ।’

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र नगर परिषद्ले सर्वसाधारण लुकेर बसेको भवनमा आक्रमण गर्ने रुसको कदम ‘युद्ध अपराध’ भएको जनाएका छन् ।

गैर सैनिक निशानामा आक्रमण गरेको भनी रुसमाथि बारम्बार युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यसअघि गतसाता पनि रुसले मारिउपोल शहरमै रहेको एक बालअस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : १५ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म