पर्यटन प्रवर्द्धनका लागि कला,संस्कृतिको संरक्षण गर्नुपर्छ- मन्त्री आले  « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि कला,संस्कृतिको संरक्षण गर्नुपर्छ- मन्त्री आले 


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन प्रवर्द्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।

 फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताएका छन्  ।

नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखेका थिए ।

कला, संस्कृति बिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने बताए  ।

पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशाला लगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उनले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताए  ।

पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए ।

कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै कानुनबमोजिम कारबाही गर्छौँ उनले भने  ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : २० बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर