निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने « Khabarhub

निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो ।

दफा २२ को (च) लेखिएको छ– ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने’ ।

दफा २२ को (क) ले कुनै राजनीतिक दल, नेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक लिन नहुने भनेको छ ।

यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : ५३ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर