निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने « Khabarhub

निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो ।

दफा २२ को (च) लेखिएको छ– ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने’ ।

दफा २२ को (क) ले कुनै राजनीतिक दल, नेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक लिन नहुने भनेको छ ।

यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : ५३ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,