एमाले अध्यक्ष ओली आज हुम्ला आउँदै, लिमीका बासिन्दासँग भेट्ने « Khabarhub

 एमाले अध्यक्ष ओली आज हुम्ला आउँदै, लिमीका बासिन्दासँग भेट्ने

नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न आउँदै छन्  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताए ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन्  ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : २८ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा