कर्णालीमा उम्मेदवार टुङ्गो लगाउनै मुस्किल « Khabarhub

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउनै मुस्किल


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् ।

सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।

नेपाली कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले १० वटै जिल्लामा सिट बाँडफाटबारे गहन छलफल भइरहेको बताए । ‘जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्श आएको अवस्था छैन्,’ उनले भने, ‘२०७४ सालको निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौं, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउने हो ।’

सभापति शाहीले प्रदेशस्तरीय गठबन्धनको बैठक आगामी सोमबार बस्ने र उक्त बैठकमा जिल्ला संयन्त्रले पठाएका प्रतिवेदनबारे छलफल हुने जानकारी दिए। स्थानीय तहबाटै तालमेलको टुंगो लगाउँदा परिणाम राम्रो आउने हुँदा तल्ला कमिटीलाई उक्त जिम्मेवारी दिइएको उनको भनाइ छ ।

कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ । यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख/उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांग्रेसका ४१ प्रमुख/उपप्रमुख छन् ।

त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा (एकिकृत समाजवादी) का १७ जना प्रमुख/उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुख/उपप्रमुखको संख्या पाँच रहेको छ । प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशन अनुसार २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन ।

एमाले भने उम्मेदवार छनौट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले ९ स्थानीय तहको प्रमुख/उपप्रमुखको टुङ्गो लगाइसकेका छन् । ‘कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुंगो लगाइएको छ, स्थानीय कमिटीले टुंगो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुंगो लगाउनेछ,’ प्रदेश अध्यक्ष शाहले भने, ‘उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौं ।’ हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकांक्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।

एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा बीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुख मा चन्द्रप्रकाश घर्ती, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०० बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको