युक्रेनीसँग जोडिएको विद्रोही बेलारुसीको भाग्य | Khabarhub Khabarhub

युक्रेनीसँग जोडिएको विद्रोही बेलारुसीको भाग्य


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोल्यान्ड र युक्रेनका केही ग्रामीण क्षेत्रमा कम्ब्याट ड्रेस लगाएका मानिस भेटिन्छन्। उनीहरू सैन्य प्रशिक्षण लिइरहेका छन्। उनीहरू हिलाम्मे भएर विपक्षीको आक्रमणबाट कसरी बच्ने भन्ने कला सिकिरहेका छन्।

उनीहरू आफूलाई पोहोनीयन बटालीयन भन्न रुचाउँछन्। बेलारुसबाट निकाला भएका ३० जना भन्दा कम सङ्ख्याका उनीहरू मध्यका धेरै जना पोल्यान्डमा बस्छन्। अन्य केही अन्य युरोपेली देशमा बसोबास गरिरहेका छन्। ३० जना भन्दा कमको त्यो सङ्ख्याले पनि अहिले धेरै अर्थ बोकेको छ। रुसले युक्रेनमाथि गरेको ज्यादतीपछि यस घटनाले धेरैलाई प्रभाव पारेको छ। रुस या युक्रेन मध्य कुनै एक पक्षमा आफूलाई समाहित गर्ने धेरै छन्। अहिले युक्रेनलाई सहयोग गर्न तयार भएका संसारभरका धेरै जानको सूचीमा यी बेलारुसी शरणार्थी पनि समाहित हुने छन्।

पोल्यान्ड र युक्रेनका केही ग्रामीण क्षेत्रमा कम्ब्याट ड्रेस लगाएका मानिस भेटिन्छन्। उनीहरू सैन्य प्रशिक्षण लिइरहेका छन्। उनीहरू हिलाम्मे भएर विपक्षीको आक्रमणबाट कसरी बच्ने भन्ने कला सिकिरहेका छन्।

आफ्नो देशलाई रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको कब्जाबाट बाहिर निकाल्ने हो भने पहिले उनीहरू युक्रेनको लडाइँमा पराजित हुन आवश्यक रहेको ती बेलारुसीले प्रस्ट बुझेका छन्। १९ देखि ६० वर्षको उमेरको बीचमा रहेका उनीहरू कोही पनि सैनिक होइनन्। उनीहरू मध्यको कोही व्यावसायिक पोर्कर खेलाडी हुन्। कोही रक सङ्गीतमा व्यस्त छन्। कोही इलेक्ट्रीसियन पनि हुन्।

अहिले रेस्टुरेन्ट चलाइरहेका विद्रोही स्वभावका भाडिम प्रोकोमेभले उनीहरूको नेतृत्व गरिरहेका छन्। उनी भन्छन्, ‘मैले बेलारुसको जनतालाई युद्धमा समाहित हुनका लागि भनिसकेको छु। दोस्रो चरणको युद्ध भन्दा अगाडि यो पहिलो चरणको युद्ध हो।’

आफ्नो देशलाई रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको कब्जाबाट बाहिर निकाल्ने हो भने पहिले उनीहरू युक्रेनको लडाइँमा पराजित हुन आवश्यक रहेको ती बेलारुसीले प्रस्ट बुझेका छन्।

प्रोकामेभसहित यस समूहका रहेका अधिक सदस्य २०२० मा देश छाड्न बाध्य पारिएका थिए। मस्कोको आडमा क्रेमलीन समर्थक बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको जित अवैध र धाँधली भएको भन्दै भएको विरोध प्रदर्शनपछि उनीहरूलाई निष्कासित गरिएको हो।

सन् १९९४ देखि लगातार बेलारुसको नेतृत्व गरेका लुकासेन्कोले त्यस निर्वाचनमा पाएको जित भने अन्तर्राष्ट्रिय क्षेत्रलेसमेत अवैध ठहर गरेका थिए। विपक्षी दलले निर्वाचन आयोगमा आफ्नो असहमति राखेका थिए भने निर्वाचनमा लुकासेन्कोले गरेको धाँधलीकै कारण हिंसा भड्किएको भन्दै युरोपेली युनियनले थुप्रै कुरामा प्रतिबन्धसमेत लगाएको थियो।

त्यो समयदेखि लुकासेन्कोको आँखाका कसिङ्गर नै बनेका प्रोकोमेभको बुझाइमा यो युद्धमा युक्रेन पराजित भएमा बेलारुस स्वतन्त्र हुने कुनै सम्भावना छैन। युक्रेनले जित हात पारेमा पुटिन पनि त्यतै व्यस्त रहने छन्। पुटिनले लुकासेन्कोलाई सहयोग गर्न पनि सक्ने छैनन्।

पोहोनीयन समूह युक्रेनलाई सहयोग गर्नका लागि बनेको अन्तर्राष्ट्रिय स्वयंसेवी सङ्गठन ‘इन्टरनेसनल लेगीयनस अफ डिफेन्स अफ युक्रेन’मा समाहित हुन चाहन्छ। सायद केही दिनपछि नै उनीहरू त्यसमा समाहित हुनेछन्। अहिले नै सयौँ बेलारुसका स्वयंसेवी युक्रेनको तर्फबाट युद्ध लडिरहेका छन्। बेलारुसका विपक्षी दलका नेता स्वेतलाना तिक्षनोभ्सकायाका अनुसार यी मध्यका चार जनाको त ज्यान गइसकेको छ।

पोहोनीयन समूह युक्रेनलाई सहयोग गर्नका लागि बनेको अन्तर्राष्ट्रिय स्वयंसेवी सङ्गठन ‘इन्टरनेसनल लेगीयनस अफ डिफेन्स अफ युक्रेन’मा समाहित हुन चाहन्छ। सायद केही दिनपछि नै उनीहरू त्यसमा समाहित हुनेछन्।

तिक्षनोभ्सकायामा आफ्नो देशको जनताले बेलारुसको भाग्य युक्रेनको भाग्यसँग जोडिएको प्रस्ट बुझेको बताउँछिन्। उनका अनुसार युक्रेनको जित बेलारुसका लागि आवश्यक छ।

युक्रेनसँगको लडाइँका लागि रुसले बेलारुसी राजधानी मिन्सकलाई स्याटलाइटको आधार क्षेत्रको रूपमा राखेको छ। युद्धकै सुरुवातमा पुटिनले युक्रेनमा बेलारुसको सीमा हुँदै आक्रमण गरेका थिए।

नाटो र अन्य अन्तर्राष्ट्रिय निकायका गुप्तचरकै सूचना अनुसार युक्रेनमा भएका धेरै हवाई आक्रमणका लागि बेलारुस स्प्रींङबोर्डको रूपमा प्रयोग भएको छ। युक्रेनी सेनाले पनि आफ्नो देशमा थुप्रै हवाई आक्रमण बेलारुसबाट भएको जनाएको छ।

किभमा अपेक्षाकृत नतिजा नपाएपछि रुसी सेना बेलारुसमा फर्किएर पुन सङ्गठित हुने र फेरि नयाँ योजना बनाएर युक्रेन छिर्ने गरेका छन्। नाटो अहिले कतै पुटिनले लुकासेन्कोलाई दबाब दिएर त्यहाँको सेना नै रुसी सेनामै समाहित गर्ने त होइनन् भन्ने आशङ्का छ। यसो भयो भने विद्रोही बेलारुसी सेना र बेलारुसको राष्ट्रिय सेना नै आमने सामने हुनेछन्। अहिले अमेरिकी राष्ट्रपति जो वाइेडनले रुससँगै बेलारुसलाई पनि थुप्रै कुरामा प्रतिबन्ध लगाएका छन्। त्यहाँका रक्षा संयन्त्रलाई कमजोर पार्ने यो नीतिमा अन्य धेरै देश सहमत छन्। थुप्रै देशसँगको व्यापारिक सम्बन्ध अहिले बन्द भएको छ।

लुकासेन्कोले यो युद्धको बारे आफ्नो धारणा राखी सकेका छन्, ‘हामीले यो युद्ध सुरु गरेका होइनौ। तर, यो युद्ध भएकोले हामीले सुरक्षित महसुस गरेका छौ। ’ पुटिनले पनि बेलारुसको साथ प्रति आभार व्यक्त गरी सकेका छन्। उनले भने, ‘मलाई कसैको बलियोसँग काँध थाप्छ भने त्यो बेलारुस नै हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन।’

‘बेलारुसमा जारी प्रतिरोध सन् २०२०बाट कमजोर भएको भने पनि अहिले त्यसमा परिवर्तन देखिएको छ। यी सबै बेलारुसका लडाकु नायक हुन्’, तिक्षनोभ्सकायाले भनिन्। अहिले युक्रेनको रक्षा उनीहरूले गरेका छन्। कुनै दिन उनीहरूले नै बेलारुसको रक्षा गर्नेछन्। उनले लुकासेन्कोको शासन सकिएको हेर्ने आफ्नो चाहना चाँडै पुरा हुने अपेक्षा गरेकी छन्।

बेलारुसमा रुसी सेनाले प्रयोग गर्ने रेल मार्ग हुँदै युक्रेनमा खाद्यान्न सहयोग पनि गरिएको थियो। अहिले त्यहाँ बेलारुस प्रहरीले गोली चलाएको छ भने तीन जनालाई गिरफ्तार गरेर आतङ्कवादी गतिविधिको आरोपमा मुद्दा चलाएको छ।

बेलारुसमा रुसी सेनाले प्रयोग गर्ने रेल मार्ग हुँदै युक्रेनमा खाद्यान्न सहयोग पनि गरिएको थियो। अहिले त्यहाँ बेलारुस प्रहरीले गोली चलाएको छ भने तीन जनालाई गिरफ्तार गरेर आतङ्कवादी गतिविधिको आरोपमा मुद्दा चलाएको छ।
अहिले अभियन्ताले बेलारुसको साइटलाई ह्याक गरेका छन्। यसबाटै त्यहाँका सरकारी निकाय कसरी युक्रेनको विरुद्धमा लागि परेका छन् भन्ने प्रस्ट थाहा भएको छ। यूरोपका अन्तिम तानाशाहको रूपमा रहेका लुकासेन्कोको २८ वर्षे शासन कमजोर हुँदै गएका यस्ता थुप्रै उदाहरण देख्न सकिन्छ।

‘ठूलो यात्रा तय गर्नका लागि यस्तै साना थुप्रै कामहरू गर्नुपर्ने हुन्छ। यस्तै साना काम पुरा गर्दै गएपछि पक्कै ठूलो लक्ष्य प्राप्ति हुन्छ,’ कुनै पनि हालतमा लुकासेन्कोको शासनको अन्त्य हुनुपर्छ भन्ने सोच राखेका प्रोकोमेभले बताए।

बेलारुसबाट निकालामा परेका पुटिन र लुकासेन्कोको भविष्य जोडिएकोमा एकमत छन्। उनीहरू युक्रेन जोगिए पुटिन कमजोर हुने र पुटिन कमजोर भए लुकासेन्को पनि कमजोर हुनेमा एकमत छन्। यसै कारण उनीहरू अन्तिम समयसम्म युक्रेनी सेनालाई साथ दिने कुरामा किञ्चित दायाँबायाँ नगर्नेमा छन्।

यो समूह मात्र होइन अहिले युक्रेनको साथमा रहेका थुप्रै बेलारुसीको समाचार प्रकाशमा आइ सकेको छ। पाभेल कुलाजान्काले सन् २०११ मा बेलारुस छाडेका थिए। न्यु योर्कमा बसोबास गर्दै आएका उनले केही समय यता मार्सल आर्टको ज्ञान लिएका छन्। अमेरिकामा बसेर नै उनले सरकार विरोधी गतिविधि गरेका छन्।

अहिले इरपिन, खार्कीभ र किभमा बेलारुसी स्वयंसेवी दस्ताका अन्य थुप्रै अनुहार भेट्न सकिन्छ। यी सबै अनुहारमा पुटिन र लुकासेन्को प्रतिको आक्रोश प्रस्ट देख्न सकिन्छ।

सन् १८६० मै रुसको विरुद्धमा सङ्घर्ष गर्न बेलारुसीले ‘कास्टस कालीनाउस्की बटालीयन’को गठन भएको थियो। यो संस्थाको नाममा पछिल्लो समय फेरि गतिविधि हुन थालेको छ। यसै संस्थामा आबद्ध हुनेले नै अहिले युक्रेनलाई सहयोग गर्ने विदेशी सैन्य शक्तिमा आफूलाई समाहित गरेका छन्। कुलाजान्काले किभको पश्चिमी भागमा बसेर नै एके ४७ को प्रशिक्षण लिएका हुन्। ‘लुकासेन्कोसँगको लडाइँ एउटा विषय थियो। बेलारुस छाड्ने निर्णय मेरो जीवनको अर्को अध्याय हो। अमेरिकाको बसाइ अर्को अध्याय हो। अहिलेको यो लडइँ ती सबै विगतसँग सम्बन्धित छन्’ कुलाजान्काले भने।

अहिले इरपिन, खार्कीभ र किभमा बेलारुसी स्वयंसेवी दस्ताका अन्य थुप्रै अनुहार भेट्न सकिन्छ। यी सबै अनुहारमा पुटिन र लुकासेन्को प्रतिको आक्रोश प्रस्ट देख्न सकिन्छ। वर्षौँ देखिको रुसी दमनको पीडा उनीहरूमा छ। साथमा आफ्नै देशको तानाशाहको प्रतिविम्ब पुटिनको अनुहारमा देख्न थालेका छन्। योसँगै युक्रेनी जनता र बेलारुसीको भाग्य पनि एकै ठाउँमा जोडिएको छ। एजेन्सीहरूको सहयोगमा

पोल्यान्डका रहेका बेलारुसी विद्रोही सैन्य अभ्यासको क्रममा। तस्बिर: वेस्ट अब्जरभर

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ११ बजे

माओवादी नेता पदम राईको निधन

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’

काठमाडौं – पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं – नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा चाँदनी – जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल

किम्बुका बिरुवाको माग घट्यो

चितवन – किम्बु नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास