युभेन्ट्ससँग बराबरी खेल्दै हारबाट जोगियो बोलोग्ना « Khabarhub

युभेन्ट्ससँग बराबरी खेल्दै हारबाट जोगियो बोलोग्ना


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।

खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए ।

खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ ।

गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १-१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १-० अन्तरले हरायो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : २० बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट