प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने « Khabarhub

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो ।

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात् राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ४० बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित