बेलायती प्रधानमन्त्री जोनसनले यसैसाता भारत भ्रमण गर्दै  « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसनले यसैसाता भारत भ्रमण गर्दै 


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बेलायती प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुनेछ ।

कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ ।

रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् । भारतले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि प्रत्यक्ष रूपमा रसियाको आलोचना गरेको छैन । त्यस्तै, उसले यसबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएका मतदानमा पनि निन्दा गरेको छैन ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठुलो राज्य गुजरात पुग्नेछन् । गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठुलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ ।

भ्रमणअघि प्रधानमन्त्रीले भने, ‘निरंकुश राज्यहरूबाट हाम्रो शान्ति र समृद्धिमा जोखिम सामना गर्दा लोकतन्त्र र मित्रहरू एकसाथ रहनु महत्त्वपूर्ण छ ।

उनले अगाडि भनेका छन्, ‘भारत प्रमुख अर्थतन्त्र र विश्वकै ठुलो प्रजातान्त्रिक देश हो । यो अनिश्चित समयमा उ बेलायतका लागि एक उच्च मूल्य वान रणनीतिक साझेदार पनि हो । ’

भारत भ्रमणले दुवै देशका जनतालाई रोजगारी सिर्जनादेखि आर्थिक वृद्धि प्रदान गर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : १९ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी