सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते « Khabarhub

सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ बर्सिया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ०९ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको