अछामबाट एमालेले उम्मेदवार छनोट गरेर जिल्लामा पठायो | Khabarhub Khabarhub

अछामबाट एमालेले उम्मेदवार छनोट गरेर जिल्लामा पठायो


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ ।

जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ ।

एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।

कमलबजार नगरपालिकामा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएका छन् । तुर्माखाद गाउँपालिका कमिटीले अध्यक्षका लागि युवा नेता डम्बर बिसीको नाम सिफारिस गरिएको छ । उनीसँगै नेता बमबहादुर बिसी र नेतृ गौमती शाहीको नाम पनि अध्यक्षमा सिफारिस गरिएको छ ।

उपाध्यक्षको लागि विमला शाही, निर्मला धमला न्यौपाने र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि  एमाले चौरपाटीले जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजीसहितका ६ नेताहरूको नाम सिफारिस गरेको छ ।

एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टीबाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको जनाएको छ । मेयरमा  एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्दबहादुर कडायत, प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सहइन्चार्ज लक्ष्मी बोगटीको नाम सिफारिस गरिएको नगरकमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । जिल्ला कमिटी सदस्य हस्तना चन्द, राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढालाई उपमेयरका लागि सिफारिस गरेको छ ।

जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफारिस गरेर जिल्लामा आइसकेको र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए । बाँकी उम्मेदवारको छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ४५ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न खोक्सिकमा

राप्रपासँगै रास्वपाले पनि गर्‍यो सदन बहिस्कार

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक